त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा देखियो कोरोना

ब्यानर

Coronavirus Fusion Medical

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो ।

‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा। सन्तकुमार दासले भने, ‘कसकसलाई देखिएको हो, त्यो पुष्टि हुन बाँकी छ । भेरिफाइ गर्ने काम गर्दै छौँ ।’

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमितको संख्या २२ पुगेको छ ।

यसअघि बुधबार टिचिङका ६ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । अहिले अस्पतालको इमरजेन्सी विभाग बन्द छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार