२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार ६३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा २४० जना निको भएका छन् । अहिलेसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ६६.०८ प्रतिशत संक्रमित निको भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार