म्यानपावर एजेन्ट श्याम थापालाई कारवाही गर्न परराष्ट्रलाई युएई दूतावासको पत्र

अर्थ/बाणिज्य

uae ambe sAsWYUGraD

काठमाडौं । तिनजुरे म्यानपावर र युएईका लागि नेपाली एजेण्ट श्याम थापालाई कारबाही गर्न दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। नेपालीलाई अलपत्र पार्ने एजेण्ट श्याम थापालाई ठगी मुद्दामा कारबाही गर्न नेपाली दूतावास युएईले विभिन्न निकायमा पत्राचार गरेको हो।

युएईको स्थानीय प्रहरीमा समेत पीडित टिकाराम बोहोरा र मनोहर केसी आफैले उजूरी गरेको तथा पीडितहरुले दूतावासमा दिएको निवेदनका आधारमा कार्वाहीको लागि दूतावासले गृह, परराष्ट्र तथा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई कार्वाही अगाडि बढाउन पत्राचार गरेको हो।

अधिकांश पीडितहरु तीनजुरे इम्प्लोइमेन्ट सर्भिसेजकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र सन्तोष थापामार्फत दुबई पुगेका थिए । त्यही गिरोहले पीडितहरुबाट प्रतिव्यक्ति ९ लाख रुपैयाँ उठाएको पीडितहरुले बताएका छन्।एजेण्ट थापाले एनआरएनएमा आफ्नो पहुँच रहेको भन्दै पीडितहरुलाई धम्काएको गुनासो पीडितहरुको छ ।

पीडितहरुका परिवारले सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्दा सञ्चालक बिनय राई पञ्छिने गरेको पीडित परिवारले बताउँदै आएका छन्।

एनआरएनएका ३ जना निलम्बित
​पीडितहरु माथि कुटपिट भएको घटनासँग एनआरएन युएई विवादमा मुछिएपछि एनआरएनले ३ जनालाई संस्थाबाट निलम्बन गरेको जनाएको छ।बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नको आरोपमा एनआरएनए दुबई क्षेत्र अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गरेको हो।

त्यस्तै पीडितहरु कुटिएको गम्भीर विषयलाई मनोमानी रुपमा संस्थाको निर्णयविना विज्ञप्ति जारी गरेको भन्दै एनआरएनए युएईकाउपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरेको जनाएको छ। तर सेनले एजेण्टलाई कारबाही गर्न सहयोग पुगोस् भन्दै आफूले एनआरएनए युएईको उपाध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार