लज्जास्पद हार बेहोर्दै लिगबाट बाहिरियो वार्सिलोना

खेलकूद

Kimmich 1024x661 1

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार पोर्चुगलको राजधानी लिस्बनमा भएको खेलमा बायर्नले बार्सिलोनाविरुद्ध ८–२ गोल अन्तरको जित निकालेको हो। बायर्नको सानदार जितका लागि थोमस मुलर र फिलिप काउटिन्होले समान २–२ गोल गरे भने इवान पेरिसिच, सर्ज ग्नाब्री, जोसुवा किमिच र रोवर्ट लेवान्डोस्कीले १–१ गोल गरे।

लेवान्डोस्किको पासलाई सदुपयोग गर्दै चौथो मिनेटमै मुलरले सुरुवाती गोल गरे। तर सातौँ मिनेटमा बायर्नकै डेबिड अल्बाले आफ्नै पोस्टमा गोल गरेर खेललाई बराबरीमा ल्याए। खेलको तेस्रो मिनेटमा नै बायर्नले अग्रता लियो । रोबर्ट लेवान्डोस्की र थोमस मुलरले पेनाल्टी क्षेत्रभित्र एक अर्कासँग पास खेल्दै बनाएको मुभमा मुलरले गोल गरेका थिए । उनले लेवान्डोस्कीले मिलाएको बललाई पहिलो टचमा नै गोल गर्न सफल भए । खेलमा सुरुवातबाटै दबाब बनाएको बायर्नले २१ औं मिनेटमा दोस्रो गोल गर्दै पुनः अग्रता कायम गर्यो। ग्नाब्रीको पासमा पेरिसिचले गोल गरेपछि भने बायर्नले अग्रता गुमाउनु परेन। बरु २७ औं मिनेटमा ग्नाब्रीले गोल गर्दै दुई गोलको अग्रता बनाए।

बार्यन यतिमा रोकिएन, किमिचको पासमा मुलरले व्यक्तिगत दोस्रो गोल थपे। उनले ३१ औं मिनेटमा गरेको गोलसँगै बार्यन पहिलो हाफमा ४–१ गोलले अघि रह्यो। खेलको २० औं मिनेटमा लिओनेल मेस्सीले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक नोएरले सहजै बचाए । त्यसको एक मिनेट नबित्दै अर्कोतर्फ आक्रमण बुनेको बायर्नले पुनस् अग्रता बनायो । इभान पेरिसिचले सर्ज जिनाब्रीको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भयो । गोलरक्षक टेर स्टेगनले सट बचाउने प्रयास गरेपनि उनको खुट्टामा लाग्दै बल पोस्टमा छिरेको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले मिडफिल्डर सर्जी रोबर्टोको स्थानमा फरवार्ड एन्टोइन ग्रिजमनलाई मैदान प्रवेश गरायो । तर बायर्नले पहिलो हाफकै लयलाई निरन्तरता दिँदै आक्रमण जारि राख्यो । खेलको ५७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत गरे । जोर्डी अल्बाको पासलाई पेनाल्टी क्षेत्रबाहिर नियन्त्रणमा लिएका सुआरेजले पेनाल्टी क्षेत्रभित्र बोटेङलाई बिट गर्दै गरेको प्रहार नोएरले बचाउन सकेनन् ।

खेलको ६३ औं मिनेटमा बायर्नले गोल गर्दै पुनस् ३ गोलको अग्रता कायम गर्यो । अल्फोन्सो डेभिसले बायाँ विङ्गमा बल नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र अगाडि बढेर ६ यार्ड बक्सबाट दिएको कटब्याकमा किम्मिचले पहिलो टचमा गोल गर्दै ५(२ ले अगाडी बढाए । डेभिसले बायाँ विङ्गमा सेमेडोलाई छक्याएर बल अगाडी बढाउने क्रममा बार्सिलोनाको डिफेन्सले उनलाई रोक्न नसक्दा गोल सम्भव भएको थियो ।

८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६(२ ले अगाडी बढाए । कोउटिन्होले पेनाल्टी क्षेत्रको बायाँबाट दिएको क्रसलाई अनमार्क रहेका लेवान्डोस्कीले जारि सिजन च्याम्पियन्स लिगको व्यक्तिगत १४ औं गोलमा परिणत गरेका थिए । ८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७(२ बनाए । मुलरले दिएको थ्रु पासलाई नियन्त्रणमा लिँदै कोउटिन्होले डिफेन्डरहरुको बीचबाट गरेको प्रहार टेर स्टेगनले बचाउन सकेनन् । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे । पेनाल्टी क्षेत्रभित्रै लुकास हर्नान्डेजको हेडर पासलाई कोउटिन्होले सहजै नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पेरिस सेन्ट जर्मेन ९पीएसजी० र आरबी लाइप्जिगले अन्तिम चारमा एक अर्कासँग भिडन्त पक्का गरिसकेका छन् । जितसँगै बायर्न उपाधिको नजिक पुगेको छ। अब उसले सेमीफाइनलमा म्यानचेस्टर सिटी र लियोनको विजेतासँग खेल्ने छ। यता, बायर्नका फरवार्ड लेवान्डोस्कीले जारी च्याम्पियन्स लिगमा १४ गोल पुर्याएका छन्। उनले गएरातिको खेलमा गोल गर्दै १४ गोल पुर्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार