डब्लुएचओले भन्यो प्याकिङको खानेकुराबाट कोरोना सर्दैन

समाचार

packingfood

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्याकिङ गरिएको खानेकुराबाट कोरोना भाइरस सर्न सक्ने कुनै प्रमाण नभेटिएको दाबी गरेको छ ।

चीनको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको तर सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको बताइएको छ ।

यस सम्बन्धी डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । उनले हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण नभएको स्पष्ट पारेका छन् । कोरोनाको महमारी शुरु भएदेखि चीनले बाहिरबाट आएका खानेकुराहरुको प्याकेजहरूको जाँच गर्दै आएकोमा कम मात्र खानेकुराको प्याकिङमा भाइरस पोजेटिभ भेटिएका छन् ।

ब्राजिलले पनि चीनमा खानेकुराको प्याकिङमा कोरोना पोजिटिभ देखिएको बिषयलाई लिएर यसबारे अनुसन्धान गर्न आफना देशका स्वास्थ्यविदहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार