गण्डकी प्रदेशमा थपिए १० जनामा कोरोना संक्रमित

समाचार

corona virus 7Xi2VY1rbR

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गर्दा गण्डकीमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा कास्कीका ३, तनहुँ, बागलुङका २र२, गोरखा, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का १र१ जना रहेका छन् ।

निर्देशनालयका अनुसार कोरोना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार