पहिलेदेखि प्रयोगमा रहेको एक औषधिले कोरोना रोक्न सक्ने दावी

विज्ञान प्रविधि

aa 1

एजेन्सी । अत्याधुनिक कम्प्युटर सिमुलेसनको प्रयोग गर्दै वैज्ञानिकहरूले पहिलेदेखि प्रयोगमा रहेको एक औषधिको पहिचान गरेका छन्, जसको कोरोनाको उपचारमा प्रयोग गर्न सकिन्छ ।

यो औषधिको प्रयोग कयौं रोगको उपचारका लागि गरिन्छ, जसमा बाइपोलर डिसअर्डर र बहिरोपनजस्ता रोग पर्दछन् । यो औषधिको प्रयोगले विश्वव्यापी माहामारीकारूपमा फैलिएको कोरोना भाइरसलाई कोशिकाहरूमा प्रतिलिपी बनाउनबाट रोक्न सकिन्छ । यसले कोरोनाको सुरुवाती अवस्थामा मुक्ति पाउन सकिन्छ ।

जर्नल साइन्स एडभान्सेजमा प्रकाशित अध्ययन रिपोर्टमा भनिएको छ कि कोरोना भाइरसको मुख्य प्रोटिन एम्प्रोनै त्यो चिज हो जसले यसको जीवनचक्रमा मुख्य भूमिका निर्वाह गर्छ । अमेरिकाको युनिभर्सिटी अफ शिकागोसहित अन्य शोधकर्ताहरूकाअनुसार एम्प्रोले भाइरसलाई जेनेटिक मेटेरियलबाट प्रोटिन बनाउने क्षमता प्रदान गर्छ । यसकै कारण भाइरसले संक्रमित व्यक्तिको सेल्समा आफ्नो संख्या बढाउँछ ।

बायोलोजिकल मोलिक्युल्सको मोडलिंङमा विशेषज्ञताको प्रयोग गर्दै वैज्ञानिकहरूले कोरोनाको उपचारमा प्रभावकारी हुन सक्ने औषधिको हजारौं संख्यामा खोजी गरे । वैत्रानिकले पाए कि एम्प्रोकाविरुद्ध जुन औषधिको संभावना देखियो त्यसको नाम ‘एब्सेलेन’ हो । यो एक केमिकल कम्पाउण्ड हो, जसमा एन्टी भाइरल, एन्टी इन्फ्लामेट्री, एन्टी एक्सिडेटिभ, ब्याक्ट्रिसिडल र सेल प्रोटेक्टिभ प्रोपर्टी छ ।

रिसर्चमा डेपब्लो र उनको टिमले इन्जाइम र ड्रगका विस्तृत मोडल्स बनाए र सुपर कम्प्युटर सिम्युलेसनबाट उनीहरूले पाए कि ‘एब्सेलेन’ एम्प्रोको सक्रियता घटाउन सक्षम छ । वैज्ञानिकको यो दावीमा धेरै संभावना देखिएको छ । तर उनीहरूले यसको अझै परीक्षण र अध्ययन गर्न आवश्यक भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार