दक्षिण कोरियामा चर्चको आव्हानमा आन्दोलन, सरकारी चेतावनीको वेवास्ता

अन्तराष्ट्रिय

एजेन्सी । दक्षिण कोरियामा स्वास्थ्य अधिकारीले चेतावनी दिँदासमेत राजधानी सोलमा दशौं हजार मानिसहरु सरकार विरोधी प्रदर्शनमा समावेश भए ।

शनिबार दक्षिण कोरियामा १ सय ६६ नयाँ संक्रमित देखिएका छन् जुन पछिल्लो पाँच महिनामा एकदिन भित्र देखिएको यो सबैभन्दा धेरै संख्या हो ।

सोल शहर प्रशासनले यसअघि प्रदर्शनमा भाइरसका कारण लगाइएको प्रतिबन्धको उल्लंघन हुने भएकोले प्रदर्शनको अनुमती दिएको थिएन । यद्यपि, प्रशासनले केही प्रदर्शन गर्न अनुमती भने दिएको थियो ।

हालै देशमा कोरोनाका १ सय ३० संक्रमित फेला परेका छन् जसमा ती व्यक्ति पनि समावेश थिए जसले राष्ट्रपति मून जेई–इनको नीतिको विरोधमा आयोजित एक चर्च ग्रुपको विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

यो सभामा भाग लिनका लागि सोसल मिडियामा चर्चाका पास्टरले मानिसहरुलाई अपिल गरेका थिए । उक्त सभामा प्रहरीले आशा गरेभन्दा बढी व्यक्ति समावेश भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार