रुसी भ्याक्सिनको पहिलो लट तयार, प्रतिमहिना ५० लाख डोज बन्दै

अन्तराष्ट्रिय

a6070aa7 8c55 48bf bda0 af5c29e0058f

एजेन्सी । इन्टरफेक्स न्यूज एजेन्सीले स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारीकाअनुसार भनेको छ कि रुसले आफ्नो भ्याक्सिनको पहिलो लट तयार गरिसकेको छ । यसको केही घण्टाअघि मात्र मन्त्रालयले रुसमा भ्याक्सिनको उत्पादन सुरु भइसकेको बताएको थियो ।

केही वैज्ञानिकले रुसले स्वास्थ्य सुरक्षाभन्दा राष्ट्रिय गौरवलाई महत्व दिएकामा चिन्ता जाहेर गरेका छन् । संसारका कयौं देश भ्याक्सिन बनाउने होडमा छन्, तर रुसले सबैभन्दा पहिले भ्याक्सिन बनाएको घोषणा गरेको हो । रुसले अगस्त (यसै महिना) को अन्त्यसम्म भ्याक्सिन वजारमा ल्याउने बताउदैं यो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन हुने दावी गरेको छ ।

भ्याक्सिनको तेश्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । तेश्रो चरणको परीक्षणमा हजारौं मानिसमा भ्याक्सिन दिइन्छ । भ्याक्सिन उत्पादनमा स्वीकृतिका लागि यो चरणलाई महत्वपूर्ण मानिन्छ । रुसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक–५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने संसारको पहिलो उपग्रह थियो, जुन रुसले लञ्च गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् – भ्याक्सिन पुरै सुरक्षित छ र मेरी छोरीले यो भ्याक्सिन लगाएकी छन् । उनकी छोरीले भ्याक्सिन लगाएपछि राम्रो महसुश गरेकोसमेत उनले दावी गरेका छन् । एन्टरफ्याक्सकाअनुसार यो भ्याक्सिन विकसित गर्ने मास्कोको गामेलाय इन्स्टिच्युटले रुसले डिसेम्वर–जनवरीसम्ममा प्रतिमहिना ५० लाख भ्याक्सिन बनाइसक्ने बताएका छन् ।

अमेरिका, ब्राजिल र भारत कोरोनाबाट सबैभन्दा बढी पीडित छन् । अमेरिकार ब्राजिलले रुसको भ्याक्सिन प्रयोग नगर्ने बताइसकेका छन् । भारतले अहिलेसम्म रुसी भ्याक्सिन वारे कुनै प्रतिक्रिया दिएको छैन । तर फिलिपिन्स र भेनेजुयलाले भने रुसी भ्याक्सिनप्रति प्रर्ण भरोसा भएको जनाउँदै यसलाई आफ्नो देशमा प्रयोग गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार