गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

समाचार

corona virus 7Xi2VY1rbR

काठमाडौं । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गर्दा गण्डकीमा थप ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित कास्कीका ५ र तनहुँका १ जना रहेका छन् । उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार