बुटवल । बुटवल उपमहानगरपालिका–३ जना कर्मचारीसहित बुटवलमा आईतबार बिहान १६ जना कोरोना संक्रमित थपिएका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीसँगै १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
पछिल्लो रिपोर्टसँगै उपमहागरमा कुल संक्रमितको संख्या ८० पुगेको छ । बुटवलमा सक्रिय संक्रमितको संख्या मात्र ५६ पुगेको छ ।
शनिबारमात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो ।
संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आईतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।