प्रदेश १ मा थपिए १०३ संक्रमित

समाचार

Coronavirus Fusion Medical

काठमाडौं । प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङगको विराटनगर महानगरपालिकामा मात्रै ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार