बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा ७ लाख ८० हजार रुपैयाँ जम्मा गरी सहयोग गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषमा २०७७ साल असार मसान्तसम्ममा जम्मा भएको उल्लेखित रकम सहयोग गरेको हो ।
आ.व २०७६–७७मा विभिन्न सामाजिक जनचेतनामूलक कार्यक्रम गरि बाकी रहेको रकम संस्थाले हाल बढ्दो अवस्थामा रहेको कोभिड –१९ सक्रमणको महामारी नियन्त्रण र सक्रमितहरुको उपचारमा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरेको संस्थाको जनाएको छ ।