उपत्यकामा कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने

ब्यानर

corona virus 7Xi2VY1rbR

काठमाडौं । कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा संक्रमितको संख्या उच्च देखिएकोे हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्र.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे ।

राजधानी काठमाडौँसँगै देशभर कोरोना संक्रमण दिनहुुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षण भएको यो संख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार