एसईईको परीक्षाफल मंगलवार प्रकाशित हुने

समाचार

national exam bpard 6p4PduHoq6

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ।

स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दियो। बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि सिसिएमसि मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।

मन्त्रिपरिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो। समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार