लिदी पहिरो : जनताको कन्तविजोग, सरोकारवालाको जुहारी

ब्यानर

sindhupalchok

काठमाडौं । जुगल गाउँपालिका–२, लिदीको पहिरोले ठुलो धन जनको क्षती भएको छ । सो पहिरोमा पुरिएकमा १९ जनाको शव फेला पर्याे भने २० जना अझै बेपत्ताको सूचीमा रहेका छन् । सो विनासकारी पहिरोमा कतिको काख रित्तियो त कति टुहुरा बने । जनता पीडामा छिटपटाइरहेका छन् जनताको दुःख मलमपट्टी लगाउनुको सट्टा सरोकारवाला निकाय भने एकले अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन् ।

जिल्ला प्रसासन कार्यालयले स्थानीय सरकारलाई र स्थानीय सरकारले जिल्ला प्रसासनलाई आरोप लगाउनमै व्यस्त रहेका छन् । स्थानीयले हामी जोखिममा छौ बचाइदिनु भन्दै पटक–पटक हारगुहार गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् । उता जुगल गाउँपालिकाका अध्यक्षलाई स्थानीयको सुरक्षा गर्न भनेर २० थान टेन्ट, तीन सय थान त्रिपाल, सय थान कम्बल दिएर पठाएको र गाउँपालिकाले बितरण नगरेकाले विपति आएको जिल्लाप्रसासनको आरोप छ । यता धेरैे पीडित र थौरै समाग्री भएकाले बितरण गर्न नसकिएको गाउँपालिकाको भनाइ छ ।

cdo sindhupalchok

यस्तो भन्छ जिल्ला प्रसाशन
उमेश कुमार ढकाल, प्रमुख जिल्ला अधिकारी
सिन्धुपाल्चोकको लिदीमात्र नभइ अन्य स्थानका बासिन्दा पनि निवेदन लिएर जिल्ला प्रशासनमा आउनुभएको थियो । हामीसँग स्रोतसाधन केही छैन । स्थानीय सरकार गठन भएदेखि सबै काम त्यहीँबाट हुँदै आएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको प्रमुख त हुँ, तर पहिलाजस्तो अधिकार छैन । रकम र स्रोत–साधन निकै कम छ ।

लिदीवासी निवेदनसहित आएपछि मैले भूसंरक्षण र पुनर्निर्माण प्राधिकरणलाई डाकेर अध्ययन गर्न तथा आवश्यक काम गर्न निर्देशन दिएको थिएँ । काम कसैले गरेको देखिएन । लिदीमा बस्न जोखिम छ भनेपछि मैले जुगल गाउँपालिकाका अध्यक्षलाई स्थानीयको सुरक्षा गर्न भनेर २० थान टेन्ट, तीन सय थान त्रिपाल, सय थान कम्बल दिएर पठाएको थिएँ, त्यो पनि बाँडेको पाइएन । म आश्चर्यमा परेको छु, स्थानीय सरकारले जिम्मेवारी लिनुपर्नेमा जिल्लाबाट पठाएको सामग्री पनि वितरण भएन ।

मैले इन्जिनियरको समूह बनाएर पुनर्निर्माण प्राधिकरणका प्रमुखलगायतलाई भनेको थिएँ, ‘जनताको यस्तो गुनासो छ । लिदी गाउँ जोखिममा छ । चाँडो काम गर्नुपर्‍यो ।’ ताकेता पनि गरेको थिएँ, तर काम केही भएन । करोडौँ रकम हातमा लिएर बसेको पुनर्निर्माण प्राधिकरणको हेलचेक्र्याइँ, स्थानीय सरकारको गैरजिम्मेवारीले घटना भयो । यसो भन्दैमा म पन्छिन खोजेको विल्कुल हैन । मेरो कति कमजोरी हो, म स्विकार्छु । तथापि, भूकम्पले धाजा फाटेर कमजोर भएको भूगोलमा आजसम्म पनि बस्ती रहनुमा जिल्ला प्रशासनको भन्दा पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारको दोष छ ।

homnarayan

प्रमुख, जुगल गाउँपालिका
होमनारायण श्रेष्ठ
सिडियो सापले २० थान टेन्ट र ३ सय थान त्रिपाल, सय थान कम्वल पठाएका थियौं तर स्थानीय सरकारले नबाँडेकाले लिदीमा पहिरो गएर जनधनको क्षती भयो भनेर अभिव्यक्ति दिएर आफु जोगिन खोज्नु भएको छ । हामीले उच्च जोखिम रहेका सानो नाम्म्फा, नाम्फा, लिदी, सुकुली, सन्चगाउ, झुल्के, निम्लुङ सहितका ४८८ घरधुरी उच्च जोखिममा रहेको विवरण सहित पठाएको अनुरोध पत्रको मसी सुकेकै छैन होला ।

यद्यपी त्यस्तो अफ्ठेरोमा त्यती भने नि उपलब्ध गराउनु भयो धन्यवाद । सुरुमा पठाइएको १० थान, टेन्ट, २०० थान त्रिपाल र ५० थान कम्बल हो (रेकर्ड हेरनुहोला) । ४८८ घरधुरीलाई १० थान टेन्ट टुक्रा टुक्रा पारेर बाड्नु पर्थ्यो ? फेरी पनि यो संकटको घडीमा एकले अर्कोलाई दोष देखाएर पन्छिने बेला हैन त्यसैले यस बिषयमा बोल्ने मनै थिएन । तर उहाँकै अभिव्यक्तिलाई लिएर केही मिडियाका आवरणमा रहेका दलीय कार्यकर्ता र केही राजनीतिक दलका सक्रिय समर्थकहरुले योजनावद्धरुपमा सामाजिक संजालमा एकोहोरो खनिएकाले केही बोलुँ जस्तो लाग्यो ।

यो विपदको घडी, जिल्लाकै विपद व्यवस्थापनको नेतृत्व गर्ने प्रशासक यति गैरजिम्मेवार र हलुका टीप्पणी गरेर पन्छिनु होला जस्तो मलाई लाग्दैन । उल्लेखित समाचारहरुमा सत्यता छैन होला । एउटा टेन्टको तौल ५७ केजी हुने भएको र लिदीकोे बाटो निकै अफ्ठेरो भएकाले हेलिकोप्टर अनुमतीका लागि जिल्ला प्रशासनलार्इ अनुरोध गरिएको हो । जिल्ला प्रसासनको पहलमा मात्र हेलिकप्टरको व्यवस्था हुदोरैछ । तर हामीले पाएनौ । बोकेर गारो हुने भाएकाले मुस्किलले ३ सेट नाम्फा र ३ सेट लिदी पुर्याइयो ।

s5

बोक्न पनि सजिलो हुने भएकाले त्रिपाल चाँही उपयुक्त हुन्छ भनेर त्यहीका प्रभावित जनताले भनेपछि जिल्ला विपद व्यवस्थापन समिति, टुकी ÷केयर र माननीय सरेश नेपाल मार्फत प्राप्त ४४९ थान त्रिपाल मध्ये २९१ थान वितरण गरिएको छ । लिदीमा सवैले कम्तीमा १ थान र मुल प्रभावितले २ थान त्रिपाल पाएका छन् । स्टोरमा १५८ थान त्रिपाल बाँकी छ । अहिले वेल्देमा मात्र २६० घरधुरीको माग छ । अन्य वस्तीका सैयौ घरधुरी थप जोखिममा रहेको छ । तथापि हामी अरु थप ख़रीद गरेरै भए नि गर्नै पर्ने काम गर्दैछौ ।

वस्ती तथा आवास क्षेत्रहरुको विद्यमान संरचना, भौगोलिक अवस्थिति, जोखिमको अवस्था अध्ययन धेरै ठुलो बहसको विषय हो । वस्ती स्थानान्तरणको त निकै पेचिलो मुद्दा छ । यस्ता प्राकृतिक विपत्तीको बेलामा जोडतोडले उठे पनि हामी तुरुन्तै बिर्सन्छौं । भोटेकोसी कोरिडोरमा हरेक बर्ष बिपत्ती आउछ, बहस हुन्छ, स्थानान्तरणको कुरा उठ्छ, अनि जव कामको प्रक्रियाको कुरा आउछ हामी कहॉ छौं हेरुम न ? मान्छेलाई आफ्नो थातथलो कति प्यारो हुन्छ भन्ने अनुमान मात्र हैन तथ्य हेरुम । हामीले कतिवटा वस्ती सार्यौं अहिले सम्म ? भुकम्पका चिरा माथि कति वस्ति बनायौं ?

के ले रोक्यो बस्ति सार्न ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो। अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए। तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन्। २ सय ३५ बस्ती अझै जोखिममै छन्।

प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन्। कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन्। प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ परिवार जोखिमपूर्ण स्थानमै बसिरहेका छन् । ४ सय ७८ परिवारले जोखिमपूर्ण बस्तीमा घर बनाएका छन्।

भूकम्पपछि प्राधिकरणले १ हजार १ सय ३ बस्तीको भौगर्भिक अध्ययन गरेको थियो। तीमध्ये आंशिक जोखिमयुक्त (संरक्षण गर्नुपर्ने)मा ३ सय २७ थियो। सिन्धुपाल्चोकको लिदी त्यही वर्गमा पथ्र्यो। ४ सय ८६ बस्ती सुरक्षित स्थानमा पाइएको थियो। अति जोखिममा रहेका २ सय ९० बस्तीका ४ हजार ६ सय ८९ परिवारलाई सार्नुपर्ने प्रतिवेदनले देखाएको थियो।

Pahiro

दुई साताअघि पनि मेलम्ची बजारमै आठ जना एकै चिहान भए। त्यसै रात पाँचपोखरी थाङपालधाप गाउँपालिका–२ मा एकै घरका श्रीमान–श्रीमतीले सुतेको सुत्यै ज्यान गुमाए। मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकको बाह्रविसेमा २० जनाले ज्यान गुमाएका थिए । गृह मन्त्रालयका अनुसार यो वर्ष साउन २९ सम्म पहिरोमा परेर १८९ जनाले ज्यान गुमाइसके भने ४३ जना बेपत्ता छन्, जो फर्केर आउलान् भन्ने आस कमै छ।

जनता घरबार विहीन भएर विचल्लीमा परेका छन् । उनीहरूको उद्धार र व्यवस्थापन गर्नको सट्टा एकले अर्काको थाप्लोमा दोष थुपारेर दुवै पक्ष पानीमाथिको आभानो हुन खोजेको देखिएको छ । माथिको जुहारीबाट पनि दुवै पक्ष उत्तिकै दोषी भएको जो कसैले बुझ्न सक्छ । जेसुकै भए पनि सिडिओ एक सरकारी कर्मचारी हुन्, कर्मचारी स्वभावैले हतियारजस्तो हुन्छ, त्यसलाई चलाउने जनप्रतिनिधिकै हात हो । हातले जसरी चलायो हतियार उसैगरी चल्ने हो ।

jugal pahiro 15 Kk81PXYjQI

त्यसमा पनि स्थानीय तह सबैभन्दा तल्लो तहको अर्थात भूईँ तहको निकाय हो । जनताको सुख दुखमा प्रतक्ष्य सहभागिता हुन्छ स्थानीय तहका प्रतिनिधिको । उनीहरू सधैं जनतासंगै हुन्छन् । त्यसैले पनि जति स्थानीय जनप्रतिनिधिलाई स्थानीय जनताको पीडाले पोल्छ त्यति अरूलाई नपोल्न वा नदुख्न सक्छ । अन्य निकायलाई दोष देखाएरभन्दा जिम्मेवार भएर उद्धार र व्यवस्थापनमा सरोकारवालालाई झक्भलक्याउने काम गर्नु उत्तम हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार