समाचार
काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।
गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता रहेको लामाले बताए । उनका अनुसार पहिरोले ३७ घरमा क्षति पुर्याएको छ ।