नेपालमा कोरोना थप तीन जनाको मृत्यु, ५८१ संक्रमित थपिए

उच्च संक्रमण देखिएका ११३ मा आइसियुमा र ६ जना भ्यान्टिलेटरमा छन्
ब्यानर

Death from corona

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको र ५८१ नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ भने संक्रमित व्यक्तिहरूको कुल संख्या २७ हजार २४१ पुगेको छ। सोमवार दिउसो आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९ हजार ६३९ जनामा सक्रिय संक्रमण भएको जानकारी दिए।

तीमध्ये २ हजार,६०१ जना होम आइसोलेशनमा छन् भने बाँकी ७ हजार ०३८ जना संस्थागत आइसोलेशनमा छन् । संक्रमितहरू विभिन्न जिल्लाका हुन्। काठमाडौं उपत्यकाका १६८ संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौं जिल्लाका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।

Capture1

त्यसैगरी पर्सामा ७७ , बारामा ५७, मोरङमा ४० र सुनसरीमा ३१ जनामा पनि संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार १३४ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।

सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य छ। विगत २४ घण्टामा ११ हजार ५२० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । सोही अवधिमा १५६ जना भाइरसमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ४९५ संक्रमित निको भएका छन्। अर्थात् ६४.२ प्रतिशत संक्रमितहरू रोगमुक्त भएका छन्।

 

अहिले देशभरि क्वारन्टीनमा १५ हजार १९८ जना छन् । अहिले विभिन्न अस्पतालमा ११३ जना गम्भीर लक्षण भएका संक्रमित आईसीयूमा र छ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार