नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक, के भयो कुरा ?

राजनीति

nepal india u80eAkJQCq

काठमाडौं । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको परराष्ट्रका अधिकारीले जानकारी दिए ।

‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र भारततर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । लामो समयदेखि संवादहीनताको अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको दुई दिनपछि दुई देशबीचको संयुक्त निगरानी संयन्त्र बैठक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भएको सीमा विवादपछि दुई देशबीच संवादहीनता रहेकामा पछिल्ला दुई घटनाले केही आशा जगाएको पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको बुझाइ छ । पछिल्ला दुई वटा संवाद हुनु भनेको संवादहीनता अन्त्य र संवाद गर्ने बाटो खुला भएको हो । सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय संवाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिज्मको आठौं बैठक हुनुलाई महत्त्वपूर्ण मानिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार