विदेशमा अलपत्र नेपालीको उद्धार उडान स्थगित

समाचार

aroplane

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ । सरकारले कोरोना भाइरस कोडिभ १९ का कारण विदेशका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत दैनिक ५ सयको संख्या नबढाइ ल्याउने निर्णय गरेको थियो ।

तर, स्थानीयस्तरमा विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएकाले कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को आग्रहमा यस्तो निर्णय गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

“काठमाडौंमा पनि कोरोनाको संक्रमण जोखिम बढ्दै गएको र यस्तो अवस्थामा ल्याउँदा होटलमा राख्नु पर्दा नागरिकलाई महङ्गो पर्ने भएकाले तत्कालका लागि स्थगन गर्ने निर्णय सीसीएमसीले गरेको हो,” पर्यटन मन्त्रालयका एक अधिकारीले भने । उनिहरुलाई काठमाडौं उपत्यकाका क्वारेन्टिनमा राखिने सरकारको निर्णय थियो।

त्यसअघि सरकारले विदेशबाट ल्याइएका नेपालीलाई उनिहरुको इच्छाअनुसार होटल क्वारेन्टिन, लोकल क्वारेन्टिन वा प्रदेश क्वारेन्टिनमा राख्दै आएको थियो। यसअघि स्विकृत भएका उडानसमेत स्थगित गर्ने निर्णय भएको छ। उनका अनुसार कतिदिनसम्म उद्धार उडान रोक्ने यकिन जानकारी आएको छैन ।

यता, सीसीएमसीको उक्त निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि अगष्ट १८ देखिको उद्धार उडान तालिका अनिश्चितकालसम्मका लागि स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार