गजल

कला/ साहित्य

nabaraj acharya

न त खुकुरिले हो, न त कुनै तरवारले हो
म ढलेको एक मुस्कानको हतियारले हो ।

लगेउ समुन्द्रमा धकेल्यौ धन्यबाद तिमीलाई
मैले पौडिन सिकेको पनि तिम्रै उपकारले हो ।

यसर्थ पनि मैले गहिराइ सँग प्रेम गरेको हुँ
मैले जस्तै दुनियाँ नदेखेको एक इनारले हो ।

मलाई सानो देख्नु अघि यो कुरा सोच्नुपर्थ्यो
सुरुवाललाई अड्याको पनि त इजारले हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार