पर्सामा ७ प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण  

ब्यानर

corona virus 7Xi2VY1rbR

पर्सा । पर्सामा ७ प्रहरीसहित थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नरायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पर्षामा थप ६६ जनामा कोरोना पुष्टि भएको डाक्टर निरजकुमार सिंहले जानकारी दिए ।

थपिएका संक्रमिमध्ये १७ जना महिला छन् । संक्रमित पुष्टि हुनेमा पर्साको बहदुरबामाई नगरपालिकाका २५, वीरगञ्ज महानगरका ८, छपकैयाका ५ जना रहेका छन् । संक्रमण पुष्टि भएकाहरूमध्ये ९ जना बाराका हुन् ।

त्यस्तै, प्रसौनी गाउँपालिकाका ४, पिलुवाका ३, सिम्रौनगढ र कलैयाका १र१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जनामा समेत संक्रमण पुष्टि भएको डा। सिंहले बताए । यो सँगै पर्सामा संक्रमितको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार