एकै दिन २२ सयले बढ्यो सुनको मूल्य

अर्थ/बाणिज्य

gold 1

काठमाडौं । नेपाली बजारमा आज सुन(चाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुन(चाँदीको मूल्य आज भने बढेको हो ।

सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार