एसईईमा कति जीपीए ल्याएकाले के पढ्ने पाउने?

समाचार

see exam mkgXpZ9bWG 1

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कति जीपीए ल्याएका विद्यार्थीले कुन विषय पढ्ने त्यसको निर्धारण गरेको छ ।

११ मा बायोलोजी, फिजिक्स, केमेस्ट्री र गणित पढ्नका लागि एसईईमा गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ल्याउनुका साथै जीपीए १.६ ल्याएको हुनुपर्छ ।

अरु विषय पढ्नका लागि एसईईमा गणित, विज्ञान र अंग्रेजीमा डी प्लस र जीपीए १.६ ल्याएको हुनुपर्छ । एसईईको नतिजा सार्वजनिक भएलगत्तै केन्द्रले जीपीए निर्धारण गरेको हो ।

जीपीएको आधारमा विद्यार्थीले विषय छनोट गर्नेछन् । यो वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ ।विद्यार्थीको रुचिअनुसार विषय छनोट गर्न सक्ने छन् । ३ वटा अनिवार्य विषय पढ्नुपर्छ भने अरु ऐच्छिक विषय छन् ।
४ वटा समूहमा ७९ वटा ऐच्छिक विषय छन् । ३ वटा समूहबाट एक–एक वटा विषय रोज्नुपर्ने हुन्छ । चौथो समूहबाट पनि विद्यार्थीले पढ्न चाहेमा पढ्न सक्नेछन् ।

एईईको नतिजा सार्वजनि भए पनि कोरोना भाइरसका कारण विद्यार्थी भर्ना र पढाइ कहिले हुने भन्ने अन्योलता छ । १५ भदौसम्म सरकारले शैक्षिक गतिविधि सञ्चालन नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार