जीप दुर्घटनामा २ जना घाइते

समाचार

accident

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर (१५ साल्डाँडामा मंगलबार बिहान जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा बिहान करिब ९ बजे जीप दुर्घटना भएको हो ।

वीरेन्द्रनगरबाट चामल लिएर दैलेखतर्फ जाँदै गरेको लु.अ.अ क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताए ।

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्मालाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार