राष्ट्रकवि माधव घिमिरेको निधन

ब्यानर

madhab ghimire

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।

घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार