लिदी पहिरो ः मृतकको संख्या २४ पुग्यो

समाचार

Pahiro Megdi

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । पहिरोमा पुरिएरका ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ । उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार