बाजुरामा बाढीले बगायो २७ घर १ को मृत्यु

समाचार

badi

बाजुरा । बाजुराको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा बूढीगंगा नदीको बाढीले बगाउँदा १ महिला बेपत्ता भएकी छन् ।

त्यस्तै, २७ घर बगाउँदा २ सय जना अलपत्र परेका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

पहिरोका कारण बडिमालिका(२ घाग्रकी ५५ वर्षीया आउँसीदेवी महत बेपत्ता भएकी छन् । गएराति आएको बाढीले एक बेलिब्रीज र ५ वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

गौमुुल गाउँपालिका(१ सिम गाउँका ८ घर , बडिमालिका नगरपालिका(२ का १३ वटा र वडा नम्बर ५ का ६ वटा घर गरी २७ वटा घर बाढीरपहिरोले बगाउँदा २ सय जना अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

उद्धार कार्य जारी रहेको उनले बताए । बाढीले सयौँ हेक्टर खेती योग्य जमिनसमेत बगाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीय हिजो रातिदेखि नै उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार