राष्ट्रिय झण्डा जलाउने समूहका ४ पक्राउ,६ जनाको खोजि गरिँदै

feature image

national Flag

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो ।

महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका र अन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।

पक्राउ पर्नेमा १ युवती र ३ युवक छन् । उनीहरू क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत हुन् । पक्राउ परेका चारै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार