बुवा

सुमित्रा सापकोटा
कला/ साहित्य

sumitra

आमाले सहेको प्रशव पीडा कहँदा,
बुवाको त्याग पक्कै भुलेको हैन,
सन्तानको सपना पुरा गर्ने अठोट साँच्चै बिर्सेको छैन,
उ पर क्षितिजमा परिवारको खुसि हेरी
छोराछोरीको रहर देखि,
पसिनाले सफलताको बाटो खन्दा
बुवा, कठिनाइ त पक्कै थियो
मञ्जरी छेउ कँडा बन्दा ।

एक्लो महसुस कहिल्यै भएन
हात चाहँदा हात,
साथको जरुरतमा कमी रहेन ।

अनि
आँटको आवश्यकतामा आँट पनि,

उडेर चन्द्र छुने सपना,
सपना त सपनामै सिमित भनिरहदा
अफ्ठ्यारा खुडेकिलाहरू गनिरहँदा
दिलासाका शब्दहरु दिने
हिम्मत हार्नु हुन्न,
विश्वास राख, सगर दुर छैन
त्यही त हो
त्यही त छ
हौसला राख, भन्ने
आफु हारी सन्तान जिताउने
अवरोधका पहाड उठाउने
सहास जुटाउने
अनि
सफलताको मुल फुटाउने, बुवा ।

आफ्ना रहरकरुलाई कोल्टे पारी
परिवारको खुसीलाइ दोबाटो डोर्याउने ,
अनविज्ञ त पक्कै होइन उहाँ पनि
वर्षा यामको तारे भिर चड्न, गाह्रो हुन्छ ।

भस्के माटोले आफ्नो बाटो मोड्दा
पैतालाले जमिन छोड्दा
तर
समातेको लहराको भरमा अघि लम्कदै गर्दा,
जब
लहराले पनि साथ छोड्यो,
ओसिला पहाडझै आँखा त पक्कै रसाए होलान्
तर
ती मुलहरु नदी बनि बग्न दिएन यो समाजले ।

छोरो भएर रुन हुन्न,
ओहो ! आँसु त झन्,
बुझाउ आप्mनो मन
दह्रो बनाउ तन ।

पुन,
पतकरझैँ साहसका पातहरु एक एक गरी बटुली,,
गन्तव्य पुरा गर्ने
दुख हर्ने
साथै खुसी छर्ने, बुवा । ।

दिनभर कोदाली खन्दा,
दुखेको ढाड
चर्केको हाड,
सन्तानको एक मुस्कानमा पर राखिदिने
आप्mनो गाँस कटाइ,
परिवारको पेट भर्ने, बुवा ।

सहज त पक्कै थिएन,
हुन्छ र ?, विरानो देश लाग्दा ?
सन्तानको भविष्य खोज्न मरुभुमि भासिँदा ?
विदाईको माला लगाउँदै गर्दा
सगुन खाँदै गर्दा,
परबाट आइरहेको गित
“परदेशिको के भर हुन्छ र, कि फर्कन्छ कि धाउँछ बगर”
यि शब्दले छाती चिरी, निस्केका ती भेल रोकी,,
हाँसीहाँसी बिदा हुने,
बाध्यतालाई निसंकोच स्विकार्ने, बुवा । । ।

छोराछोरीको खुसिमा रमाउने
सन्तानको सफलतामा हराउने
अनि
सन्तानको डरमा साहसले हात समाउने
आप्mना हातका ठेलाहरूको,
ढाडका फोकाहरुको प्रवाह नगरी
जिन्दगिको गोरेटोमा कहिल्यै एक्लो हुन दिनुभएन ।
एक महान् पुरुष ।

सन्तानको घाउमा लगाईदिने मलम
बुवा, हजुर, हजुरको त्याग अनि बलिदानलाई सलाम । । । ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार