उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

ब्यानर

madhab

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् ।

बुधबार बिहान घिमिरेकै घरमा पुगेर उपप्रधानमन्त्री पोखरेलले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका हुन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका ुगौरीु शोककाव्य, ुराष्ट्र निर्माताु खण्डकाव्य, ुमालती(मङ्गलेु गीतिनाटकलगायत प्रसिद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार