राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

समाचार

national Flag

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको हो ।

सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । महानगरीय अपराध महाशाखाका अनुसार अहिलेसम्म भिडियो बनाउने ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत हुन् । पक्राउ परेका ९ जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार