राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टी (तस्विरमा)

ब्यानर

1 4

काठमाडौं ।  स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

2 5

बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

3 3

घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।

4 1

5 1

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार