कालीकोटमा पहिरोमा परी ४ जना बेपत्ता

समाचार

pahiro QbZCBad8gf 2

काठमाडौं । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका(५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन ।

तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए ।

बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार