२४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ । यीमध्ये ११ हजार ११८ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ७ हजार ९८७ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार १३१ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १२० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७००  पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ५२२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म कुल ५ लाख ५४ हजार ३८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबारसम्म देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा रहनेको संख्या  १३ हजार ५७१ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार