कबिता :मेरा बा !

कला/ साहित्य

bhojraj bhandari

आजकाल बा ! बोलाइ रहनुहुन्छ ।
मेरो बा !
आजकाल हास्नु हुन्न
रुनु पनि हुन्न
बास !

हिजोआज मेरा बा
टोलाइरहनु हुन्छ ।
फोन गरिरहनु हुन्छ ।
बोलाइरहनु हुन्छ।

के छ हालखबर भनेर चट्ट फोन राख्नु हुन्छ।
मेरा बा ! हिजोआज हास्नु हुन्न

भजनको तालमा पनि नाच्नु हुन्न
खै हिजोआज मेरा बा टोलाइरहनु हुन्छ।
एकनासले ए कान्छा भनेर बोलाइरहनु हुन्छ ।
मेरा बा !
मेरो अघि आसु झार्नु हुन्न
आमाको पिर गरिरहनु हुन्छ
भन्नु हुन्छ कान्छा,तेरो आमाले दुखपाइ मात्र भन्नु हुन्छ।
म सम्झिन्छु ।

त्यो बालपनमा बाले काधमा बोकेको
स्कुलबाट भागेर आउदा एक थप्पड हानेको
एकादेशको कथा जस्तै लाग्छ ।
हिजोआज बा को त्यो गोर्खे लौरो !
हरायो अरे।

तर पनि बा लौरो खोज्नु हुन्न।
त्यसैले आजकाल बा !
एकान्तमा बसेर टोलाइरहनु हुन्छ१
बोलाइरहनु हुन्छ ।
म बालाइ हेरिरहन्छु
बा बा जस्तो बा लाग्छ।

आमा जुन जस्तै लाग्छ।
यि दुबैको माया कति लाग्छ लाग्छ र ?
हिजोआज बा आमा किन किन डाडा पारिको घाम जस्तै लाग्छ ।
त्यसैले होला म पनि
आजकाल एकान्तमा बसेर
टोलाइरहन्छु ।
ए बा के छ खबर भनेर बोलाइरहन्छु।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार