सुदूरपश्चिमभर विद्युत सेवा अवरुद्ध

समाचार

Electricity

बझाङ । आज सुदूरपश्चिमभर विद्युत् सेवा अवरुद्ध भएको छ । अत्तरिया(स्याउले १३२ केभी प्रसारण लाइनअन्तर्गत गोदावरीको भ्याकुत्ते भन्ने ठाउँमा ठूलो रूख डलेर विद्युत टावरमा क्षति हुँदा सुदूरपश्चिमभर विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण अत्तरिया शाखाबाट आएको प्राविधिकको टोलीले मर्मत गर्ने गर्ने प्रयास गरेको तर तार विच्छेद भएको र विद्युत टावरमा समेत क्षति पुगेकाले विद्युत सेवा सुचारु गर्न नसकिएको वितरण केन्द्र बझाङका प्रमुख राकेश भट्टले बताए ।

यस्तै, यता सुर्मादेवी विद्युतको पनि नहरमा पहिरो खसेकाले पानी नहुँदा विद्युत सेवा पूर्णरूपमा बन्द भएको पनि प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार भोलि बेलुकासम्म पोल र तार जडान गर्न सके विद्युत सेवा सुचारु हुने छ । विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमभरका सञ्चारमाध्यम, कलकारखाना बन्द हुन पुगेका छन् भने गर्मीको समय हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार