१३ खर्ब ४६ अर्ब ऋण

अर्थ/बाणिज्य

artha mantralya

काठमाडौं । सरकारले गत आर्थिक वर्षसम्म आन्तरिक र बाह्य गरी १३ खर्ब ४६ अर्ब ऋण उठाएको छ। अर्थ मन्त्रालयका अनुसार गत वर्षसम्म ६ खर्ब १३ अर्ब आन्तरिक ऋण र ७ खर्ब ३३ अर्ब वैदेशिक ऋण पुगेको हो।

कुल गार्हस्थ्य उत्पादन जीडीपीको ३० प्रतिशत हाराहारी ऋण रहने गरेको अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाले बताए। ३(४ वर्षसम्म जीडीपीको ३० प्रतिशत हाराहारी ऋण रहेकोमा गत वर्ष अपेक्षित रूपमा आर्थिक वृद्घि नभएकोे र कोरोनाका कारण बढेर ३६ प्रतिशत पुगेको उनले बताए।

सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति लिएकोमा पछिल्लो वर्ष बजेट बाहिरको सहायता (अफ बजेट) सहायता घटाएर बजेटरी सहायता (अन बजेट) सहायता बढ्दै गएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख नेपालले बताए।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले राखेको ‘सेजन अर्थनीति’ वेबिनार अन्तक्र्रियामा बजेटरी सहायता वृद्घि हुने क्रममा रहेको उनको भनाइ थियो। उनका अनुसार गत आर्थिक वर्षमा ८९ अर्ब रुपैयाँको बजेट सहायता आएको छ। यस्तो सहायता आर्थिक वर्ष २०७५।७६ मा ३४ अर्ब रुपैयाँ थियो। आर्थिक वर्ष २०७४÷७५ मा २१ अर्ब थियो।

बजेटरी सहायता बढेसँगै प्राविधिक सहायतामा अर्थात अफ बजेट सहायता घट्दै गएको तथ्यांकमा देखिएको छ। आर्थिक वर्ष २०७६।७७ मा प्राविधिक सहायता २१० मिलियन डलर आएको छ। आर्थिक वर्ष २०७५।७६ मा २६३ मिलियन डलर सहायता आएको थियो।

ऋण कति लिने भन्नेमा निश्चित मापदण्ड नभए पनि ऋणको सही उपयोग गर्ने गरी अघि बढ्न आवश्यक रहेको उनले बताए। सरकारले समृद्घि सहयोग पुग्ने गरी विकास सहायता परिचालन गर्ने नीति लिएको उनको भनाइ छ। कतिपय विकास सहायता कार्यान्वयनमा समस्या देखिएकोमा क्रमशः सुधार गर्दै लैजानुपर्ने उनको भनाइ छ।

‘खर्चको प्राथमिकीकरण गरेर जाने, आर्थिक पुनरूत्थानमा सहयोग पुर्‍याउने आयोजनामा जोड दिने हो’, नेपालले भने, ‘आर्थिक सुधार, रोजगारी र दीगोपन सुनिश्चितता सहितको विकास सहायता परिचालन गरेर अघि बढ्ने नीति छ।’

नेपालले ऋण तिर्ने क्षमता र नेपालको आन्तरिक आम्दानी सही दिशामा अघि बढेको उनको भनाइ छ। गत वर्ष ८३ अर्ब बराबरको दायित्व भुक्तानी गरिएको उनको भनाइ छ। अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार