बाटैमा कर्मचारी रोकिएपछि बैंकको सेवा प्रभावित

अर्थ/बाणिज्य

bank V6EOpI34zY

काठमाडौं । न्यूनतम कर्मचारी सङ्ख्यामा न्यूनतम शाखा सञ्चालन गरेर सेवा दिने तयारी बैंकहरुले गरे पनि बिहीबार सेवा अवरुद्ध भएको छ । कर्मचारीहरू बाटो-बाटोमा रोकिएपछि  बिहीबार सेवा बन्द गर्नु पर्रेको बैंकहरूले बताएका छन् ।

बैंकर्स संघको बैठकले बिहीबार शाखा नखोल्न पत्रचार गरिसकेको छ । प्रहरीले कर्मचारीलाई बाटोमा रोकेपछि बिहीबारलाई रोक्ने निर्णय लिइएको हो ।

नेपाल राष्ट्र बैकले न्यूनतम कर्मचारीमा न्यूनतम शाखा पालो गरेर खोल्न र एटीएम तथा अनलाइन कारोबारमा प्रोत्साहन गर्नका लागि निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक खोल्ने तयारी गरिएकोमा प्रशासनले समन्वयन गर्न नसक्दा बैंक चलाउन गाह्रो भएको उनीहरुको गुनासो छ ।

ग्वलोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रत्न बज्राचार्यले कर्मचारी ल्याउन आएको गाडीलाई समेत रोकेको र भोलिदेखि नचलाउने सर्तमा अफिस पुगेको जनाएका छन् ।

उनले धेरै पेशा व्यवसायका मानिस रोगसँग बच्नको लागि घरमा बसिरहेको अवस्थामा जोखिम मोलेर काममा खटिएका कर्मचारीलाई निरुत्साहित गर्ने काम भएको गुनासो गरे ।

ुयो बेला पनि अत्यावश्यक काम भनेर कार्यालय आउने कर्मचारीले त बहादुरी देखाएका हुन्, उनीहरूलाई निरुत्साहित गर्न हुँदैन थियोु बज्राचार्यले भने ।

केन्द्रीय कार्यालयमा सिस्टममा बस्ने कर्मचारी अफिस आउन नसके देशभरको सेवा अवरुद्ध हुने सक्ने उनले बताए ।

ुसिस्टम नै चलाउने मानिस आउन सकेन भने निश्चित क्षेत्रमा मात्रै सेवा दिन्छौं भनेर त हुँदैन नि, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार