कंगानले गरिन् दीपिकाबारे यस्तो कटाक्ष

कला/ साहित्य

kangana and deepika

एजेन्सी – सुशान्त सिंह राजपूत मुद्दामा सर्वोच्च अदालतले एउटा ठूलो फैसला सुनाइ सकेको छ। अदालतले सीबीआईलाई अनुसन्धान गर्ने निर्णय सुनाएको थियो ।

अदालतले अभिनेत्री रिया चक्रवर्तीको याचिका खारेज गर्दै सीवीआईलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । सर्वोच्च अदालतको यो निर्णयलाई सुशान्त सिंह राजपूतका फ्यान लगायत धेरै फिल्म स्टारहरूले स्वागत गरेका छन्।

त्यस्तै बॉलिवुड अभिनेत्री कंगना रनौतले पनि अदालतको यस निर्णयको प्रशंसा गर्दै दीपिका पादुकोणलाई निशाना बनाएकी छिन्। वास्तवमा, कंगना रनौतको टोलीले डिप्रेशनको बारेमा टिप्पणी गरेको छ । कंगनाले ट्वीट गर्दै अभिनेत्री दीपिका पादुकोणको आलोचना गरेकी हुन् ।

कंगनाले आफ्नो ट्वीटमा लेखेकी छन्, डिप्रेशनको धन्दा चलाउने व्यक्तिलाई पब्लिकले उनीहरुको औकात देखाइदिए ।

बलिउडमा पछिल्लो समय निकै खरो रुपमा देखापरेकी अभिनेत्री कंगनाले नेपोटिजमबारे पनि उत्तिकै टिप्पणी गर्दै आइरहेकी छन् । बलिउडका स्टारहरुलाई समेत उनले निशानामा राखेर कटाक्ष गर्दै आइरहेकी छन् ।

सुशान्तलाई लिएर उनले डिप्रशेनबारे चर्चा गरेकी थिइन् । उनले आफु पनि बिगतमा डिप्रेशनको शिकार भएको बताएकी थिइन् । पछिल्लो समय उनी डिप्रेशनलाई लिएर एउटा संस्था पनि चलाउँदै आइरहेकी छन् । यसैको क्याम्पिनलाई  लिएर कंगनाले दीपिकालाई कटाक्ष गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार