मृतक कर्मचारीका परिवारलाई मिर्मिरे लघुवित्तको साढे चारलाख सहयोग

अर्थ/बाणिज्य

Capture 4

बनेपा । सडक दुर्घटना मृत्यु भएका आफ्ना कर्मचारी सन्तोष कुमार बोहराको परिवारलाई मिर्मिरे र नागबेली लघुवित्तले ४ लाख ४१ हजार ७९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम दुवै संस्थामा कर्मचारी र संस्थाका तर्फबाट जम्मा गरिएको हो ।

बोहरा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनिया, कैलालीमा कार्यरत थिए । उनी अत्यन्तै मेहनती, इमान्दार र कर्मयोगी कर्मचारीमा गनिन्थे । उनको गत साउन १२ गते सडक दुर्घटनामा परी दुखद् निधन भएको थियो ।

सो सहयोग रकमवापतको चेक स्व. बोहराका पिता पदमबहादुर बोहरालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाले स्व. बोहराको निधनमा शोक व्यक्त गर्न देशभरीकै आफ्नो कार्यालयमा एक मिनेटको मौन धारण गरेको थियो । स्व. बोहराका पिता पदमबहादुर बोहराले परिवारको कमाई गरी ख्वाउने एक्लो साहरा गुमाएको महसुस गर्दै यस विपतको घडीमा समवेदना व्यक्त गर्ने तथा आर्थिक सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार