राजधानीमा दिउसै पेस्तोल बोकेर हिड्ने दुई युवा पक्राउ

समाचार

pakrau

काठमाडौं । राजधानी काठमाडौंमा दिउसै पेस्तोल बोकेर हिड्ने दुई युवालाई हमानगरिय अपराध महाशाखाका प्रहरीले बुधबार माछापोखरीबाट पक्राउ गरेको छन् । पक्राउ परेकाहरूको साथबाट अमेरिकामा बनेको दुई थान पेस्तोल र त्यसमा लाग्ने १० थान गोलीसमेत बरामद गरेको महानगरिय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिखरवेशी –६ का २७ वर्षीय विकेश पण्डित र अर्का नुवाकोट, लिपु–१ का अमर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका तामाङ डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाँय भुक्तान गरी गत चैतमा रिहा भएका पाइएको छ ।

जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार बोक्ने गरेको बुझिएको । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार