गत २४ घण्टामा उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

ब्यानर

corona

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर निको हुने २४६ जना छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार