अमेरिकामा कोरोना संक्रमण घट्दै गएको संकेत

अन्तराष्ट्रिय

d4045181 1f36 485a 812d 5f4bed31e88b

एजेन्सी । अमेरिकामा कोरोना संक्रमण थपिने क्रम घट्दै गएको संकेत देखिएको छ । तर, यसको कारणमा एउटै मत भने देखिएको छैन ।
जोन हपकिंस युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा गत एक सातामा ४७ हजार ३०० नयाँ संक्रमित थपिएका छन् ।

२२ जुलाईको सातामा औसत संक्रमित ६७ हजार ३१७ थिए । जबकी १७ जुलाईमा एकै दिन ७५ हजारभन्दा बढी संक्रमितको पुष्टि भएको थियो ।

अमेरिकामा कोरोना भाइरस परीक्षणको नेतृत्व गर्दै आएका ह्वाइट हाउसका फिजिसियन ब्रेट गिरोयरले अब अमेरिकामा संक्रमण दर सही दिशामा अघि बढेको बताएका छन् । संक्रमण दर घटनुमा उनले फेस मास्क लगायने र समाजिक दूरी पालनामा बढोत्तरी भएको बताएका छन् ।

तर, केही विश्लेषक अमेरिकामा संक्रमण दर घटेको देखिनुमा परीक्षणनै कम भएकाले हो भनिरहेका छन् । अटलांटिक कोभिड ट्रेकिङ प्रोजेक्टकाअनुसार अमेरिकाको दक्षिणी भागमा संक्रमण दर बढेको छ, तर त्यहाँ एक्कासी परीक्षण घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार