कोरोनाको अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा : ८० प्रतिशत संक्रमितले सार्दैनन् रोग

अन्तराष्ट्रिय

Rapid Corona Test

एजेन्सी । कोरोना भाइरसको कहरबाट सारासंसार त्रस्त छ । यसले रोकिने नाम लिएको छैन । अहिलेसम्म संसारमा संक्रमितको संख्या २ करोड २२ लाख नाघेका छन् भने मृत्यु हुनेको संख्या पनि ७ लाख ८० हजार बढी भइसकेको छ ।

यसलाई लिएर लगातार अनुसन्धान भइरहेको छ र हरेक अनुसन्धानबाट नयाँ नयाँ कुरा प्रमाणित भइरहेका छन् । पछिल्लो अनुसन्धानमा ८० प्रतिशत संक्रमितले अन्य व्यक्तिलाई कोरोना नसार्ने दावी गरिएको छ । अहिलेसम्म हरेक संक्रमितले अरूलाईसमेत संक्रण सार्ने कुरा बताइदै आइएको थियो ।

यो अनुसन्धान अमेरिकाको फ्रड हचिंसन् क्यान्सर रिसर्च सेन्टरमा गरिएको हो । रिसर्च टिममा मुख्य वैज्ञानिक शिफर, फ्रेड हच पोस्टडक्टोरल, आशिष गोयल र ब्रायन मेयरकाअनुसार सुरुवाती अध्ययनमा यो प्रमाणित भयो कि, कोरोना भाइरस त्यतिबेला सबैभन्दा धेरै फैलन्छ, जब कुनै व्यक्ति पुरै संक्रमित भएको होस् । अर्थात संक्रमित व्यक्तिमा कोरोनाको सबै लक्षण देखिएको होस् ।

शोधले कोरोना भाइरसका संक्रमित रोगीले केही सातासमम भाइरसलाई कमै फैलाउछन् । दुई दिनसम्म यीनले कुनै एक व्यक्तिलाई मात्र सार्न सक्छन् । कोरोनाबाट संक्रमित मानिस धेरैजसो दुई दिनभन्दा कम समयसम्म मात्र संक्रामक हुन्छन् ।

शोधकाअनुसार सबैभन्दा खतरनाक व्यक्ति ती हुन्छन् जो लक्षण देखिएर पनि विना मास्क भीडमा हिडिरहेका हुन्छन् । तर, अनुसन्धानकर्ताले यसमा पुरै विश्वास नगर्न भनेका छन्, किनभने यो अनुसन्धानको प्रारम्भिक रिपोर्ट मात्र हो । उनीहरूले कोरोनासंग सतर्क हुन सबैसंग अपील गरेका छन् ।

विशेषज्ञका अनुसार अहिले घरबाट बाहिर निश्कनु खतरायुक्त छ । घरमै बस्नु कोरोनाबाट जोगिने सर्वोत्तम उपाय हो । अत्यावश्यक काममा निश्कनु परे मास्क अनिवार्य लगाउन र कुनै पनि वस्तुलाई छुनबाट जोगिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार