उपत्यकामा २ जना कोरोना संक्रमितको मृत्यु

ब्यानर

patan hospital1 FX4omGRPdf 1

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।

bigyapti

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार