टिकटकमा भिडियो हाल्दा दुई वर्ष कैद

अन्तराष्ट्रिय

titak

एजेन्सी । हालै लुई वर्षका लागि जेल पठाइएकी एक सामाजिक सञ्जाल प्रयोगकर्ता मवादा अल अदमकी बहिनी रहमा भन्छिन् ‘हामी धेरै आश्चार्यमा छौं । उनले केह ीगलत गरेकी थिइनन् । मेरी दिदी कुनै अपराधी होइनन् । उनी केवल भाइरल हुन चाहन्थिन ।’

२२ वर्षीया युनिभर्सिटी छात्रा मवादालाई मिश्रको पारिवारिक मूल्यहरूको उल्लंघन गरेको आरोपमा दाषी ठह्याइएको छ । टिकटक र इष्टाग्राममा चल्तीका गीतमा फेसनेवल कपडा लगाएर नाचेको फाटो पोष्ट गरेको आरोपमा उनलाई गत वर्ष मई महिनामा पक्राउ गरिएको थियो । अभियोजनकर्ताले उनको भिडियोलाई अभद्र मानेका थिए ।

रहमाले भनिन् ‘मेरी आमा मुश्किलले ओछ्यानबाट उठ्न सक्छिन् । उनी सधैं रोई रहन्छिन् । कतिपटक त उनी राति एक्कासी ब्युझिन्छिन् र सोध्छिन् के मवादा घर आई ?’ मवादा ती पाँच युवतीमध्येकी एक हुन्, जसलाई एकै किसिमको आरोपमा जेल पठाइएको छ । यसबाहेक उनलाई २० हजार डलरको जरिवाना पनि तोकिएको छ । यी पाँचैजनालाई मिश्रमा टिकटकवाली केटीहरू भनिन्छ । यसमध्येकी एक सामाजिक सञ्जालकी स्टार हनीन होसाम पनि हुन् । अन्य तीन जनाको नाम खुलाइएको छैन ।

रहमाकाअनुसार उनकी दिदी कयौं प्रसिद्ध फेसन ब्रान्डका लागि सामाजिक सञ्जालमा मोडलिङ पनि गर्दथिन् । उनी भन्छिन् ‘दिदी धेरै महात्वाकांक्षी मात्र हुन् । उनी एक कलाकार बन्न चाहन्थिन् ।’ एमनेस्टी इन्टरनेसनलकाअनुसार, अभियोजनकर्ताले प्रमाणकारूपमा मवादाका १७ फोटो देखाएर यो अभद्र भएको बताएका थिए । मवादाले भने यी फोटो गत वर्ष चोरी भएको उनको मोवाइलबाट लिक भएको बताएकी छन् ।

tiktak

रहमा आक्रोशित हुँदै भन्छिन् ‘उनलाई मात्रै किन ? कतिपय अभिनेत्रीहरू धेरै खुल्ला कपडा लगाउँछन् । उनीहरूलाई कसैले छुदैन पनि ।’ उनका वकिलकाअनुसार सुरुवाती फैसला सुनाइदा मवादा वेहोस भएकी थिइन् । उनी भन्छन् ‘जेल कुनै उपाय होइन । चाहे ती भिडियाले हाम्रो सामाजिक नियम, परम्पराका विरुद्ध किन नहुन् । जेलमा अपराधी जन्मिन्छन् । उनीहरूको पुनर्वासमा ध्यान दिनु पर्छ ।’

मिश्र मुस्लिम बहुल देश हो । यहाँ रुढीवादी समाज छ र इजिप्टका केही मानिस यो टिकटक भिडियोहरूलाई अश्लिल मान्दछन् । यसको पक्षमा वोल्नेलाई अनुचित भनेर आलोचना गरिन्छ । अन्य केही मानिस भने केटीहरूले केवल रमाइलो गरेकाले उनीहरूलाइृ जेल पठाउन नहुने बताउँदै आएका छन् । मानवअधिकार कार्यकर्ताहरूले यी युवतीहरूलाई रिह ागर्न माग गरेका छन् । उनीहरूको भनाइमाखयो गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रताको आवाज दवाउनलाई गरिएको हो, योमार्फत सरकार डिजिटल प्लेटफर्ममा आफ्नो नियन्त्रण अझ बलियो बनाउन चाहन्छन् ।

सन् २०१४ जब सेना समर्थित राष्ट्रपति अब्दल फतह सिसी सत्तामा आएका छन्, तबदेखि राज्यको कडा नीतिहरूप्रति आलोचना पनि हुँदै आएको छ । यी कार्यकर्ता दसौं हजार राजनीतिक कैदीहरूको कुरा गर्छन्, जसमा उदारवादी, इस्लामिस्टसस, पत्रकार र मानवअधिकार वकिलसामेल छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार