निषेधाज्ञाको दोश्रो दिन उपत्यकामा थप कडाई

ब्यानर

nisedhagya 1

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन । मानिसहरुले निषेधाज्ञालाई लकडाउन २।० पनि भनिरहेका छन् । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएका छन् ।

1 nisedh

निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधान कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो । प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधानहरु चलेका छन् ।

अत्यावश्यक सेवाका सवारीसाधानहरुलाई भने निर्वाधरुपमा चल्न दिइएको छ ।

2 6

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार