अब बेइजिङमा बाहिर निस्कदा मास्क लगाउनु नपर्ने

अन्तराष्ट्रिय

beijing mask OKZsuLZsQj

एजेन्सी । लगातार १३ औँ दिन नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेपछि बेइजिङका स्वास्थ्य अधिकारीहरुले संक्रमण रोक्नका लागि लागू गरिएको प्रतिबन्धका नियमहरु खुकुलो बनाउन शुरु गरेका छन् । यसअनुसार अब बेइजिङका बासिन्दाहरुले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने भएको हो ।

यसका बावजुद शुक्रबार ठूलो संख्यामा बेइजिङका वासिन्दाहरुले मास्क लगाएको देखियो । केहीले मास्क लगाउँदा आफू सुरक्षित भएको महसुस गर्ने गरेको बताए भने केहीले सामाजिक दबाबका कारण मास्क लगाएको जिकिर गरे ।

दुई चरणको लकडाउनपछि बेइजिङमा मास्क लगाउनु नपर्ने गरी नियम खुकुलो गरिएको यो मात्र दोस्रो पटक हो । गत अप्रिलको अन्त्यतिर बेइजिङमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो । तर, नयाँ संक्रमित भेटिएपछि जुनमा पुनः मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो ।

बेइजिङ र जिन्जियाङमा संक्रमणलाई नियन्त्रण गरेपछि पछिल्लो पाँच दिनमा चीनमा स्थानीय संक्रमित फेला परेका छन् । अगस्त २० मा बाहिरबाट आएका २२ जना संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म देशमा ८४ हजार ९१७ जना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार