कोरोना त्राससंगै भ्याक्सिन बनाउने होड, के छ नयाँ डेभलपमेन्ट ?

अन्तराष्ट्रिय

covid19 vaccine 4g1S7HpKTS

एजेन्सी । कोरोना भाइरसमाथि रोक लगाउन भ्याक्सिन बनाउने होडमा पुरा विश्व लागेको छ र यसमा दैनिक नयाँ विकासका सूचना आइरहेका छन् । छिमेकी देश भारतले पनि यस दिशामा गति तिब्रा पारेको समाचार छ । भारतीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले भारत बायोटक र आइसिएमआरको ‘कोभ्याक्सिन’ यसै वर्षको अन्त्यसम्ममा वजारमा आउने बताएका छन् ।

यो भ्याक्सिनलाई पहिलो अर्डर पनि भारतले गर्ने भएको छ । केन्द्रीय विशेषज्ञ समूहले ५० लाख डोजको पहिलो अर्डर दिने तयारी गरेको समाचार छ । सबैभन्दा पहिले स्वास्थ्यकर्मी, सुरक्षा निकाय, र अन्य समूहलाई कोभ्याक्सिन लगाइने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको कोभिड भ्याक्सिन ट्रयाकर डक्युमेन्टकाअनुसार यतिबेला ३० भ्याक्सिन क्लिनिकल परीक्षणको फेजमा छन् । यसैगरी १३९ अन्य भ्याक्सिन प्रि–क्लिनिकल फेजमा छन् । अक्सफोर्ड–एस्ट्राजेनेका (ब्रिटेन), सिनोवेक (चीन), उहान इन्सिच्युट अफ बायोलोजिकल प्रोडक्टस् –सुनोफर्मा (चीन) बेइजिङ इन्सिच्युट अफ बायोलोजिकल प्रोडक्टस् –सिनोफर्मा (चीन), मोडर्ना (अमेरिका) र फाइजर–बयोएनटेक–फोसन फर्माको भ्याक्सिन तेश्रो चरणको मानवीय परीक्षण छ । अर्थात सबैभन्दा पहिले यी छ भ्याक्सिनले मान्यता पाएपछि वजारमा आउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार